Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб BEST INDIGENOUS MOVIE K 2023 लिम्बू चलचित्र के SAGAR KERUNG,BABITA PHOMBO,MADHU KERUNG,RUPA ANGBUHAN в хорошем качестве

BEST INDIGENOUS MOVIE K 2023 लिम्बू चलचित्र के SAGAR KERUNG,BABITA PHOMBO,MADHU KERUNG,RUPA ANGBUHAN 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



BEST INDIGENOUS MOVIE K 2023 लिम्बू चलचित्र के SAGAR KERUNG,BABITA PHOMBO,MADHU KERUNG,RUPA ANGBUHAN

NEW LIMBU MOVIE K 2023 लिम्बू के २०८० Cast : Madhu Kerung / Babita Phombo/Rupa Angbuhang/Sukmita Kerung/manakumar kerung/Prem Ojha/Sudarshan Thebe/DR Hangsarumba/Sandesh Subba/Kamal Ghimire/Sangharsa Khatiwada/Apsara Neupane/Dipak Khanal Camera : Sanjay Acharya Edit : Pramish Limbu Drone/Final Edit/Color Correction : Megharaj Mangrati Assistant Director : Sandesh Subba Chef assistant Director : DR Hangsarumba Backround muaic : monikumar subba tamling/buddaraj limbu special flute : kumar kerung Producer : Tyson Kerung Buddharaj Limbu Writer/Director/ producer : Sagar Kerung making year : 2017 "के" अर्थात च्याब्रुङ याक्थुङ जातिहरुको पर्यायवाची शब्द बनेको छ | याक्थुङ/लिम्बू भन्दा "के" र केला:ङ सम्झिन्छन् र "के" भन्दा लिम्बू सम्झिन्छन् | रुखको मुडा खोलेर देब्रेपट्टि गाइ वा गोरुको र दाहिनेपट्टी बाख्राको छालाले मोरेर बनाइने "के" को उत्पति सन्दर्भमा बिभिन्न किसिमका जनश्रुतिहरु पनि पाइन्छ |  मुन्धुमअनुसार शृष्टिको उत्पतिदेखि मानवसभ्यताको विकासक्रम संगसंगै सोदुगेन ले?मुहाङको पालादेखि सुरु भएको पाइन्छ | यो बाजा बजाउँदा दाहिने पट्टीबाट "च्याङ Š Š Š" र देब्रेपट्टी "ब्रुङ Š Š" साङला(ध्वनि/आवाज) निस्किन्छ | लिम्बू समुदायमा बिबाह,घर निर्माण गरि सर्ने क्रममा,ताम्भुङजा,बिभिन्न पर्व र उत्सवहरुमा समेत केला:ङ नाचिन्छ | केला:ङ नाच्दा गाइने गीतलाई "केसाम्" भनिन्छ | केसाममा प्रगति र उन्नतिको आशिर्वाद दिईन्छ |  केसाम् सोदुगेन ले?मुहाङको छोरा पाजईबाको पालायता सुरु भएको पाइन्छ | मुन्धुमअनुसार विश्वको पहिलो ईन्जिनियर पाजाईबाले घर बनाएपछि घरमा उक्त थक्थामा अनुष्ठान नगर्दा घरमा अनिष्ट हुने,घर भात्किरहने,किच्याएर मार्ने लगायतका अनिष्टहरु देखा पर्न थाले | त्यसपछि नयाँ घरबसाईंमा केसाममार्फत उन्नति र प्रगतिको आशिर्वाद माग्न र दिन थालियो | पहिले पहिले बस्तीहरु थिएन,घना जंगलहरु मात्र थिए,तेतिबेला जंगली जनावरहरुबाट बच्न च्याब्रुङ बजाउदै हिड्दा जंगली जनावरहरु भाग्ने गर्थ्ये,जनावरहरु भागेको र नाचेको जस्तै बजाउन र नाच्न थालेयता च्याब्रुङमा बिभिन्न जीव जन्तुहरुको नाच पनि नाच्ने गरिन्छ | केला:ङ नाच यति नै प्रकारको हुन्छ भन्ने एकिन हुदैन | "के" नहुदा लिम्बू याक्थुङ जातिहरुको हरेक कार्यहरु असोभनिय हुन्छ | मुन्धुम दर्शन हो,जीवनदर्शन हो | लिम्बू याक्थुङ जातिहरुको लागि मात्र नभएर संसारका मानवजातीको लागि हो | मुन्धुम लिम्बू भाषामा छ,अरुलाई सुनाउने,सिकाउने,व्याख्या गरिदिने जिम्मा लिम्बू भाषा ज्ञातालाई मात्र हुन्छ | नेपालको वर्तमान संबिधान २०७२ धारा ७ बमोजिम लिम्बू भाषालाइ बहिष्करण गरिएको छ | खस पर्वते भाषालाई मात्र एकल भाषाको रूपमा राखेर संसारबाट एउटा दर्शनलाइ अन्त्य गर्न खोजिएको छ | केसाम भाषामा हुन्छ,भाषा सकिए च्याब्रुङ पनि सकिन्छ | लिम्बू याक्थुङ समुदायसंगै सिंगो राष्ट्र र विश्वकै अमुल्य सांस्कृतिक सम्पदाको रूपमा रहेको "के" र "केला:ङ" को संरक्षण र प्रबर्द्धनमा राज्य सधैँ उदासिन रहेको छ | "के" निर्माण गर्दा अनिवार्यरूपमा आवश्यक पर्ने सामग्री (छाला) गाइ वा गोरु मार्न नहुने यदि कसैले मारेको पाइएमा नेपालको संबिधान २०७२ धारा ९, नेपालको संसोधित मुलुकी ऐन २०७४ को धारा २८९ बमोजिम ३ वर्ष कैद कसुर जेल सजाय दिने प्रावधान बनाएर "के" को मर्म र मूल्यप्रति निर्मम प्रहार गर्ने काम गरिएको छ | राज्यको यो असांस्कृतिक र एकात्मक रबैयाप्रति लिम्बू याक्थुङ समुदाय,संघसंस्था र आदिवासी जनजातीहरुहरु आन्दोलनमा निरन्तर छन् | याक्थुङ समुदायले आफ्नो मौलिक बाजा,राष्ट्रिय बाजा "के" निर्माण गर्दा राज्यले गरिरहेको असांस्कृतिक व्यवहारलाइ चित्रण गरेर चलचित्र "के"  लाई सागर केरुङ्ले निर्माण गरेका हुन । याक्थुङ फिल्म्सको ब्यानरमा निर्मित के तपाइँको हातमा आइपुगेको छ । कृपया सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दछौं ।

Comments