Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Nepali Christian Movie | ढोका ढकढक्याउँदा | How to Welcome the Lord's Return in the Last Days в хорошем качестве

Nepali Christian Movie | ढोका ढकढक्याउँदा | How to Welcome the Lord's Return in the Last Days 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Nepali Christian Movie | ढोका ढकढक्याउँदा | How to Welcome the Lord's Return in the Last Days

Nepali Christian Movie | ढोका ढकढक्याउँदा | How to Welcome the Lord's Return in the Last Days दुई हजार वर्ष पहिले, प्रभु येशूले अगमवाणी गर्नुभयो, “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)। विगतका दुई हजार वर्षसम्‍म, प्रभुका विश्‍वासीहरू जागा रहेर प्रभुले ढोकामा ढकढक्याउनुहुन्छ भनेर प्रतीक्षा गरिरहेका छन्, अनि उहाँको पुनरागमन भएपछि उहाँले कसरी मानवजातिको ढोकामा ढकढक्याउनुहुनेछ? आखिरी दिनहरूमा, कतिपय मानिसहरूले प्रभु येशू देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर आइसक्‍नुभएको छ र उहाँले आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ भनेर भन्छन्। यो खबरले सम्पूर्ण धार्मिक संसारलाई हल्‍लाएको छ। चलचित्रको मुख्य पात्र याङ्ग अइगुवाङ्गले प्रभुलाई विश्‍वास गरेको दशकौं भएको हुन्छ र उनले प्रभुको पुनरागमनको स्वागत गर्ने प्रतीक्षा गर्दै काम र प्रचारमा उत्साहको साथ लागिपरेकी हुन्छिन्। एक दिन, दुई जना मानिसहरू आएर ढोका ढकढक्याउँछन्, याङ्ग अइगुवाङ्ग र उनका श्रीमानलाई प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भनेर भन्छन्, अनि उनीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनाउँछन्। उनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूद्वारा अत्यन्तै प्रभावित त हुन्छन्, तर याङ्ग अइगुवाङ्ग पाष्टर र एल्डरहरूको भ्रम, धोका, र बन्धनमा परेकी हुनाले, उनले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका साक्षीहरूलाई घरबाट बाहिर लखेट्छिन्। त्यसपछि ती साक्षीहरूले उनीहरूको ढोकामा धेरैपटक ढकढक्याउँछन् र परमेश्‍वरको आखिरी दिनहरूको कार्यको बारेमा गवाही दिँदै याङ्ग अइगुवाङ्गलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर सुनाउँछन्। यो अवधिमा, पाष्टरले याङ्ग अइगुवाङ्गलाई बारम्‍बार बाधा र अवरोध दिइरहन्छन्, र उनी डगमगाइरहन्छिन्। तैपनि, सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनेर, याङ्ग अइगुवाङ्गले सत्यतालाई बझ्छिन् र पाष्टर र एल्डरहरूले फैलाएका अफवाह र भ्रमहरूको वास्तविकता पत्ता लगाउँछिन्। प्रभुले आखिरी दिनहरूको आफ्‍नो पुनरागमनको अवधिमा मानिसहरूको ढोका कसरी ढकढक्याउनुहुन्छ, र हामीले उहाँलाई कसरी स्वागत गर्नुपर्छ भन्‍नेबारेमा अन्ततः उनले बुझ्छिन्। जब सबै कुरा स्पष्ट हुन्छ, याङ्ग अइगुवाङ्गले बल्ल परमेश्‍वरको आवाज सुन्छिन् र सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनेर स्वीकार गर्छिन्।

Comments